Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसौर्य एयर विमान दुर्घटना : क्याप्टेन सकुशल, चालक दलका एक सदस्यसहित १८ जनाको निधन

सौर्य एयर विमान दुर्घटना : क्याप्टेन सकुशल, चालक दलका एक सदस्यसहित १८ जनाको निधन


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै सौर्य एयरलाइन्सको जहाज विहान ११ बजेर १५ मिनेटमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । सौर्यको ९ एन–एएमई– सीआरजे २०० कलसाइनको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारि दिएको हो ।

जहाज रनवे ०–२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २–० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ । विमानका चालक मनिषरत्न शाक्यको उद्धार गरिएको छ । घाइते अवस्थामा उद्धार गरिएका उहाँको काठमाडौंको केएमसी अस्पतालको आकस्मिक कक्षमा खतरामुक्त अवस्थामा उपचार भैरहेको अस्पतालले जनाएको छ । बुधबार बिहान ११ बजेर १५ मिनेटमा सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यलयका अनुसार प्रहरीमा सूचना प्राप्त भएको २५ मिनेटमा नै पूरै आगो निभाइसकिएको थियो । एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालका अनुसार जहाजमा १९ जना रहेकोमा चालक दलका सदस्य र कर्मचारी भएको बतानुभएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट संजित कटुवाल रहनुभएको थियो । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन,सागर आचार्य, दीलिप वर्मा,मनुराज शर्मा, अश्विन निरौला,सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहनुभएको थियो । आरिफ भने विदेशी नागरिक हुनुहुन्छ ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम, तीनदिनमा परिवारलाई शव दिइने
मृतक १८ जनाको शब त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । पोस्टमार्टममा खटिने सबै टिमलाई बोलाएर पोस्टमार्टम अघि बढाइएको छ । आवश्यक सबै प्रक्रिया पुरा गरेर तीनदिनमा परिवारका सदस्यलाई शब दिइने अस्पताल र सौर्य एयरलाइन्सले जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6