Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि र गगन एउटै कित्तामा, कहिले खुल्छन भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणका फाइल ?

रवि र गगन एउटै कित्तामा, कहिले खुल्छन भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणका फाइल ?


काठमाडौं । निवर्तमान उपप्रधान एवम् गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न सदनमार्फत चुनौती दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमार्फत भ्रष्टारविरुद्धको अनुसन्धान अघि बढ्दैगरेका फाईलाई गति दिन आग्रह गर्दै लामिछानेले आफूमाथीको प्रमाण भएको दाबी गर्नेहरुले अहिलेसम्म प्रमाण दिननसकेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो ।

गगनलाई लक्षित गर्दै उहाँले भन्नुभयो– ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’ ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरु दिएर संसद र राष्ट्रलाई भ्रममा नपार्न चुनैति दिदै पूर्वगृहमन्त्री रविले भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु, कैलाली जग्गा प्रकरण, बालमन्दिर लगायतका काण्डमाथी अनुसन्धान नरोक्न समेत चेतावनी दिनुभयो ।

भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमार्फत सरकारको परिक्षा हुने कांग्रेस महामन्त्री गगनको टिप्पणी
कानूनभन्दा माथि कोही पनि नभएको दाबी गर्दै सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन अघि बढ्नुपर्ने बताउनुभएको छ । दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री कोही नहुने बताउनुभयो । भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन, नेपालमा जतिसुकै शक्तिशाली होस्, चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भन्दिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने तथ्यलाई अब बदल्ने उद्घोष कांग्रेस महामन्त्री थापाले गर्नुभयो । कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए अनुसन्धान हुने, पार्टीबाट पनि प्रश्न उठ्छ, संसदमा पनि प्रश्न उठ्छ, सरकारको परीक्षण पनि यही कुरामा हुन्छ भन्ने अभिव्यक्ति कांग्रेस महामन्त्री थापाको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6