Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबन्न थाल्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, साँढे २ वर्षमा काम सकिने !

बन्न थाल्यो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, साँढे २ वर्षमा काम सकिने !


काठमाडौं, चितवन । प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिकाले लामो समयदेखी अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम थालेको छ । भरतपुर महानगरपालिका १५ मा बिचैमा निर्माण रोकिएर अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिटमुनि ढुंगाको सोलिङको काम धमाधम भइरहेको महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारि दिनुभएको हो ।

रंगशाला २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको र रड प्रयोगशाला परीक्षणका लागि काठमाडौं पठाइएको छ भरतपुर महानगरपालिकाले जानकारि दिएको छ । ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरू गरेका छन् ।’ काम सुरु भएको बारे जानकारि गराउदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्नुभयो । नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै मेयर दाहालले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।

कस्तो बन्नेछ रंगशाला ?
१० हजार दर्शक बस्न मिल्ने प्याराफिटसहित मैदान तयार गरिनेगरि निर्माणको काम अघि बढेको छ । रंगशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ पुर्वानुमान गरिएको छ । धुर्मस सुन्तली फाउण्डेशनले ५ हजारजना अट्ने प्याराफिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भएको थियो । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रंगशालाले चर्चेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वमित्व हस्तान्तरण गरेको रंगशाला करिब ३ वर्षदेखि अलपत्र अवस्थामा थियो ।

रंगशाला निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति पाइसँगै क्रिकेट खेलाडीसँगै खेल प्रेमीहरु खुसी भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6