Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहवाई सुरक्षाको नियमनमा प्राधिकरणको कडाई, दुई हेलिकोप्टरको उडानमा रोक !

हवाई सुरक्षाको नियमनमा प्राधिकरणको कडाई, दुई हेलिकोप्टरको उडानमा रोक !


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा लागूदरलाई कडाइका साथ नियमन गर्नेगरि लागूदरको अडिट सुरु गरेको छ । प्राधिकरणले अहिलेसम्म अडिट गरेका हवाई कम्पनीहरूमध्ये दुईको हवाई सुरक्षा लागूदर ६० प्रतिशतभन्दा कम पाइएको जानकारि दिदै सूचना अधिकारी ज्ञानेन्द्र भूलले तत्कालका लागि उडानमा रोक लगाइएको जानकारि दिनुभएको हो ।

प्राधिकरणका अनुसार अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरको हवाई सुरक्षा लागूदर ६० प्रतिशतभन्दा कम पाइएको छ । प्राधिकरणले स्पष्ट कार्ययोजनासहित उडान सञ्चालन अनुमति (एओसी) किन खारेज नगर्ने सम्बन्धमा अन्नपूर्ण र मुस्ताङ हेलिकोप्टरसँग स्पष्टीकरण समेत सोधेको छ । प्राधिकरणले हवाई सुरक्षा लागूदरमा मुख्यता संस्थाको संरचना र सुरक्षा व्यवस्थापनको प्रतिबद्धता,सुरक्षा जोखिम (सेफ्टी रिस्क),सेफ्टीका डकुमेन्टेसन र व्यवस्थापकीय गरी चार पक्षमा जाँच गर्नेगर्दछ । हवाई दुर्घटनामा सुधार नहुँदा हवाई सुरक्षामा प्रश्न उठेपछि प्राधिकरणले अडिट गर्दा हवाई सुरक्षा लागूदर ६० प्रतिशतभन्दा तल आएकाको उडान रद्द गर्ने, ६० देखि ७५ प्रतिशतभित्र भएकालाई आवश्यकता अनुसार केही परिवर्तन गर्न लगाउने र त्यसमाथि आएकालाई उडान गर्न दिने कानुनी व्यवस्थालाई कडाईका साथ लागु गर्न लागेको छ ।

अडिटको काम चलिरहँदा नै साउन २३ गते एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए । प्राधिकरणले अहिले आन्तरिक उडान भर्ने ठूला जहाज र हेलिकोप्टरहरूको सुरक्षा अडिट गरिरहेको हो । नेपालमा ठूला जहाज कम्पनी नौ र हेलिकोप्टर कम्पनी १२ वटा सञ्चालनमा रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6