Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसाफ यु–२० फुटबलमा नेपालको विजयी सुरुवात, उपाधीको लक्ष्य !

साफ यु–२० फुटबलमा नेपालको विजयी सुरुवात, उपाधीको लक्ष्य !


काठमाडौं । घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो ।

खेलमा बलियो पकड जमाएको नेपालले आधा दर्जनभन्दा बढि अवसरलाई खेर फालेको थियो । खेलको दोस्रो मिनेटमै निराज धामीले गोल गरे पनि अफसाइड ठहरिँदा त्यसले मान्यता पाएन । १९औं मिनेटमा निरज कार्कीको प्रहारलाई श्रीलंकाका गोलकिपर अहमद शरिफले बचाए । निराजनले २३औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । निराजनले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारले पहिलो बारको जाली चुमेको थियो । यो नै खेलको निर्णायक गोल बन्यो । समिर तामाङको प्रहार क्रस बार नजिकैबाट बाहिरिँदा ६२औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउन सकेन। ७६औं मिनेटमा अश्विन घोरासैनीको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।इन्जुरी समयमा निराजनकै प्रहारलाई शरिफले गोलमा परिणत हुन दिएनन् ।

अब श्रीलंकाले मंगलबार र नेपालले बिहीबार बंगलादेशको सामना गर्नेछन् । नेपाल घरेलु मैदानमा हुने खेल आफ्नो कब्जामा राख्दै उपाधी जित्ने लक्ष्यमा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6