Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएन अष्ट्रेलियाको फाउन्डेसन च्यारिटिमा दर्ता !

एनआरएन अष्ट्रेलियाको फाउन्डेसन च्यारिटिमा दर्ता !


ब्रिजबेन । एनआरएन अष्ट्रेलिया फाउन्डेसनले अष्ट्रेलियन च्यारिटी एण्ड ननफर प्रोफिट कमिशन (एसीएनसी) बाट मान्यता पाएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले पत्रकार सम्मेलन गरेर कुनैपनि व्यक्ति वा संस्थाले दिएको चन्दा त्यस्ता व्यक्ति वा संस्थाले आफ्नो वार्षिक ट्याक्स रिटर्नमा फिर्ताका लागि दावी गर्न पाउनेगरि फाउन्डेसनलाई स्विकृति दिइएको जानकारि गराएको हो ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले बनाएको एनआरएन अष्ट्रेलिया फाउन्डेसनले डिडक्टेबल गिफ्ट रेसिपियन्ट मान्यता समेत पाएको एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारि दिनुभयो । यो मान्यता पाएसँगै अब संस्थालाई दिइने कुनैपनि चन्दा वा सहयोग करकट्टा गर्न सकिने भएको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष पोखरेलले आफ्नो कार्यकालको पहिलो बैठकमा गरिएको निर्णयले यतिछिट्टै कानुनी प्रक्रिया समेत पुरा गरेकोमा सबैमाझ खुशी साट्नुभएको छ । सुरुवात गर्ने यसअघिका सबै अग्रजहरुलाई धन्यवाद दिँदै पोखरेलले कार्यविधि बनाएर संरचना निर्माण गरिने बताउनुभयो ।

टोनु घोतानेदेखि वर्तमान एनआरएन न्यूसाउथवेल्का सचिव कल्याण खड्कासम्म धेरैको परिकल्पना र हातेमालोमा यो अभियान सफल भएको अध्यक्ष पोखरेलले बताउनुभयो । एनआरएनए अष्ट्रेलियालाई च्यारिटीमा दर्ता गर्न यस अघि मेलवर्नका वकिल तथा पुर्व अध्यक्ष टोनु घोतानेले समेत प्रकृया अघि बढाउनु भएको थियो । एनआरएन अष्ट्रेलिया फाउन्डेसन एनआरएन अष्ट्रेलिया अन्तर्गत नभई छुट्टै स्वायत्त निकाय हुने परिकल्पना गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीमूलका लागि मात्रै नभएर यो संस्थामार्फत सबै समूदायका लागि च्यारिटीको काम गरिने बताइएको छ ।

पत्रकार सम्मेलन एनआरएनका पूर्वअध्यक्षहरु टोनु घोताने, केशव कँडेल, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, पूर्वउपाध्यक्ष नवीन पन्त र संस्थापक अध्यक्ष मन केसीले नेपाली समूदायको लागि ऐतिहासिक उपलब्धी हासिल भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6