Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsयसरी आउदै छ, नेपाली भवन बनाउन अष्ट्रेलियन सरकारकाे १० लाख डलर सहायता

यसरी आउदै छ, नेपाली भवन बनाउन अष्ट्रेलियन सरकारकाे १० लाख डलर सहायता


सरल गुरुङ/सिड्नी

अष्ट्रेलियाका अध्यागमन मन्त्री डेबिड कोलम्यानले यहाँको नेपाली समुदायलाई सामुदायिक केन्द्र निमार्णका लागि दिने घोषणा गरेको १० लाख डलर सहायता भित्र्याउने प्रकृया सुरु भएको छ ।

गत मे १८ मा भएको संघीय निर्वाचनका बेला नेपालीहरुको भोट तान्नका लागि सत्तारुढ दल लिवरल पार्टीका उमेद्वार तथा अध्यागमन मन्त्री कोलम्यानले सहायताको घोषणा गरेका थिए । गैर आवासिय नेपाली संघको सिड्नी क्षेत्रिय सम्मेलनमा उपस्थित भएर मन्त्री कोलम्यानले आफ्नो पार्टीले विजय हासिल गरे नेपाली समुदायका लागि १० लाख डलर उपलब्ध गराउने घोषणा गरेका हुन् ।

उनको घोषणाको ६ महिनापछि अष्ट्रेलियामा नेपालीहरुको सबैभन्दा पुरानो संस्था अष्ट्रेलियन नेपलिज एशोसियसन (ना) ले सहायता ल्याउने प्रकृया अघि बढाएको हो । अष्ट्रेलिया सरकारले सिधा सम्पर्क गर्ने ना नै नेपालीहरुको पहिलो संस्था हो ।
कोलम्यानकै निर्देशनमा ‘इन्फ्रास्टक्चर एण्ड रिजनल डेभलपमेन्ट डिपार्टमेन्ट’ अर्थात भौतिक तथा क्षेत्रिय विकास विभागले ३ महिनाभित्र विस्तृत योजना डिपिआर उपलब्ध गराउन नालाई गत सेप्टेम्बरमा पत्राचार गरेको छ ।
नाले स्थानिय काउन्सिलका विज्ञसंग सहकार्य गरेर डिपिआर तयार गरिरहेको महासचिव ऋषी आचार्यले जानकारी दिए ।
‘मन्त्रीले बोल्ने बित्तिकै सहायता आउने होइन रहेछ’- आचार्यले भने -‘जसका लागि हामीले सहायताको आवश्यकता, औचित्य र उदेश्यको विस्तृत योजना डिपिआर पेश गर्नुपर्ने रहेछ’ ।

डिपाआर नै सहायता रकम पाउने मुख्य आधार भएको भन्दै आचार्यले भने -‘हामी डिपिआरमा कुनै कमजोरी नहोस् र नेपाली समाजले पाउन लागेको सहायता जतिसक्दो छिटो ल्याउनका लागि विषय विज्ञलाई नै काममा लगाएका छौ ।’ 
डिपिआर तयार गर्दा समुदायिक केन्द्रमा के के कुरा समेट्ने भनेर नाले सिड्नीका नेपाली संघसंस्थासंग छलफल गर्दैछ । पुस्तकालय, बालबालिका केन्द्र, सभाहल, क्रियापुत्री भवन र पुजाआजा गर्ने केन्द्र बनाउने नाको प्रारम्भिक तयारी छ । तर, समुदायका अगुवासंग छलफल गरेर मात्रै यसलाई मुर्त रुप दिने नाका महासचिव ऋषी आचार्यले जानकारी दिए ।
सबैको सुझाव लिएर अबको १ महिनाभित्र डिपिआर तयार गरि विभागमा पेश गर्ने नाको तयारी छ । डिपिआर पास भएपछि मात्रै सहायता रकम आउने निश्चित हुन्छ ।

 

सहायता रकमले भौतिक संरचना निमार्ण गर्ने नाको तयारी छ । त्यसैले नाले अहिले नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको जर्जेज रिभर काउन्सिलसंग निशुल्क जग्गाको माग गरिहेको छ । सन् २०१६ को तथ्याकं अनुसार यो काउन्सिलमा १२ हजार नेपाली बसोबास गर्ने नाले जनाएको छ ।

 

कसरी भयो १० लाख डलर घोषणा

 

सन् १९७६ मा गठन भएदेखि नै अष्ट्रेलियन नेपलिज एशोसियसन (ना) ले अष्ट्रेलियामा नेपाली सामुदायिक केन्द्रको स्थापना गर्ने पहल सुरु गरेको हो । तर, थोरै जनसंख्या र यहाँको सरकार र समुदायमा पनि नेपालीको पहुच नपुगेकाले सो कार्यले मुर्तरुप पाउन सकेको थिएन ।
सन् २०११ म दक्षिणी सिड्नीको पेन्सहर्टस्मा नेपालबाट घुम्न आएका अभिभावकले आत्महत्या गरेपछि नेपाली समाजमा विद्यमान एक्लोपन र मानसिक स्वास्थ्यबारे अष्ट्रेलियन समुदायमा चर्चा हुन थाल्यो । यहि मेलोमा नाले बढ्दो नेपाली समाजमा देखिन थालेको एक्लोपन र मानसिक रोगलाई निराकरण गर्न सामुदायिक क्रियाकलापमा जोड दिन थाल्यो । सामाजिक क्रियाकलापका लागि नेपालीसंग सामुदायिक केन्द्र नभएको भन्दै नाले स्थानियदेखि केन्द्र सरकारसम्म सहायता माग गर्दै आएको छ ।

गत मेमा भएको संघिय निर्वाचनको एक महिनाअघि नाले नेपालीहरुको बसोबास उच्च रहेको सिड्नीको ब्याङस् क्षेत्र (रकडेल, इष्टहिल, काल्टन लगायत) बाट चुनाव लडिका डेविड कोलम्यानलाई सामुदायिक केन्द्र बारे निवेदन दिएका थिए ।
सन् २०१६ मा नेपालीहरुकै भोट (१.५ प्रतिशत) को झिनो अन्तरले चुनाव जितेका कोलम्यानले सन् २०१८ को निर्वाचनको मुखमा सामुदायिक केन्द्रका लागि १० लाख डलर दिने घोषणा गरेर नेपालीहरुको साथ पक्का गरे ।
उनको घोषणाको २४ घण्टा नबित्दै प्रतिद्वन्दी लेवर पार्टीकी लिन्डा बर्नीले पनि आफ्नो पार्टीले जिते १० लाख डलर दिने घोषणा गरेकी थिईन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6