Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसहकारीसम्बन्धी प्रतिवेदन सार्वजनिक, पूर्व गृहमन्त्री रवि माथी उठाइएका छन यस्ता प्रश्न !

सहकारीसम्बन्धी प्रतिवेदन सार्वजनिक, पूर्व गृहमन्त्री रवि माथी उठाइएका छन यस्ता प्रश्न !


काठमाडौं । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेर गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको प्रतिवेदन सार्वजनिक भएको छ । ११ सय २४ पष्ठ लामो उक्त प्रतिवेदन बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

यसअघि भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गर्नुभएको थियो । संसदमा प्रतिवेदन पेश गर्नेक्रममा प्रतिवेदनमा समावेश मुख्य मुख्य कुराहरू सुनाएका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्न सरोकारवाला मन्त्रालयमा पठाउने काम समेत भएको सरकार प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभएको छ ।

प्रतिवेदनमा मुख्य फोकस रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने :
रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने जोडिएको गोर्खा मिडीयाको विषय निकै चासोको विषय बनेको छ । साथै गोर्खा मिडिया नेटवर्क प्रालिमा आर्थिक वर्ष २०७८/०७९ सम्म ६ करोड ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की प्रवाह भएको समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त पेस्की रकम हालसम्म फ्छ्यौट हुन सकेको छैन । नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ, गोपीकृष्ण मुभिज प्रालिका नाममा ८१ लाख २५ हजार रुपैयाँ, ग्रीन ट्री डेभलपर्स प्रालिको नाममा ५५ लाख रुपैयाँ पेस्की गएको समितिको ठहर छ । यस्तै, आस्रा इन्टरनेशनल प्रालिको नाममा ५० लाख ७२ हजार १६ रुपैयाँ, जुनकिरी इन्टरएक्टिभ प्रालिको नाममा ४० लाख, कार्य बोक्र्स प्रालिको नाममा १० लाख, अयान्स टेक्नोलोजी प्रालिको नाममा ५ लाख ८१ हजार र अन्य ५ लाख ७० हजार ६८६ रुपैयाँ गरी जम्मा करोड लाख ९२ लाख ९७ हजार ४५२ रुपैयाँ पेस्की गएको समितिले जनाएको छ । यस्तै, गोपीकृष्ण मुभिज प्रालिलाई आर्थिक वर्ष २०७७\०७८ मा २५ लाख रुपैयाँ पेस्की दिएकोमा आर्थिक वर्ष २०७८\०७९ मा थप ६६ लाख २५ हजार रुपैयाँ गरी ८१ लाख २५ हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ । गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७८\०७९ मा कर्मचारीहरूलाई एक करोड १७ लाख ३० हजार ८९२ रुपैयाँ पेस्की दिएको समितिले जनाएको छ । जस अनुसार शम्भु गुरागाईंले ८१ लाख ३ हजार १९८ रुपैयाँ, रवि लामिछानेले १७ लाख १८६ रुपैयाँ, विपिन कुमार आचार्यले ९ लाख ७९ हजार ९१२ रुपैयाँ, पुष्पराज गिरीले ६ लाख १२ हजार १९ रुपैयाँ, टीकाराम राईले एक लाख ८५ हजार रुपैयाँ र अन्य एक लाख ५० हजार ५७७ रुपैयाँ पेस्की प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै रवि लामिछानेले आर्थिक वर्ष २०७७\०७८ मा कर्मचारी पेस्कीबापत पटकपटक गरी लिएको १७ लाख १८६ रुपैयाँ पनि फर्छ्यौट हुन बाँकी रहेको समितिले जनाएको छ । यता सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको र व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको समितिमा स्वीकार गर्नुभएको लेखिएको छ । यता, रास्वपा सभापति रवि भने यो कुरा स्वीकार गर्न तयार देखिदैन । रविले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पार्नुभएको छ । ५१ प्रश्न सोधिएका रविले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी बयानका क्रममा गर्नुभएको छ ।

गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष सहकारी छानबिन विशेष समितिले निकालेको छ । गोर्खा मिडिया प्रा.ली.को कारोवार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरुले शक्तिको गलत उपयोग गरेको ठहर गरेको छ । गोर्खा मिडियामा जीवी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेल सञ्चालक बनेका थिए । तर समितिको प्रतिवेदनमा सहकारी र रास्वपा सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा कारोबार भए पनि सञ्चालक र नियामक निकायहरू बेखबर रहेको जनाएको छ । प्रतिवेदनमा सञ्चालकमध्ये प्रारम्भिक चरणमा ३५ प्रतिशत स्वामित्व रहेका छविलाल जोशीले आफू गोरखा मिडिया नेटवर्क प्रालिको दैनिक कार्य सञ्चालनमा नरहेकाले आर्थिक मामलामा जानकारी नरहेको बयान दिएको उल्लेख छ । त्यस्तै १५ प्रतिशत शेयर स्वामित्व रहेको रवि लामिछानेले कम्पनीमा आएको सम्पूर्ण रकमको जिम्मेवारी कार्यकारी अध्यक्ष जीवी राईले लिएको र उक्त जिम्मेवारी कम्पनीको लेखापरीक्षण प्रतिवेदन र व्यवस्थापन पत्रमा जीवी राईले गरेको प्रमाणीकरणले पुष्टि हुने बताउदै आफ्नो भुमिकामा उठेका प्रश्नबाट जोगिने प्रयासमा देखिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6