Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसहकारी ठगी प्रकरण : छविलाल जोशीपछि रविलाई पक्राउ गर्ने तयारी !

सहकारी ठगी प्रकरण : छविलाल जोशीपछि रविलाई पक्राउ गर्ने तयारी !


काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी समेत रहनुभएका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ परेसँगै नेपालमा राजनीतिक हलचल मच्चिएको छ । पोखरा प्रहरीको पत्रका आधारमा काठमाडौं प्रहरीले सहजीकरण गरेर जोशीलाई पक्राउ गरेसँगै रास्वपा सभापति समेत रहनुभएका पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको तयारीले हलचल मच्चिएको हो ।

रास्वपा पार्टी कार्यालयको भिडभाड

जहाजमार्फत पोखरा पुर्याइनुभएका जोशीमाथि सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा पक्राउ गरिएको बताइएको छ । संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनुभएसँगै धरपकड सुरु भएको छ । सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि गोरखा मिडियाका पूर्व सञ्चालक जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । यता, निवर्तमान गृहमन्त्री रास्वपा सभापति लामिछाने पक्राउको हल्लाले पार्टी कार्यालय बनस्थलीमा नेता,कर्याकर्ताको भीडभाड बढेकोछ । रास्वपा सभापति रविले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै षड्यन्त्र भएको जिकिर गर्नुभएको छ ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधार गोर्खा मिडियाका पूर्व सञ्चालक जोशी पक्राउ परेपछि अब रविको पालो भन्दै अनेक हल्ला चलाईएको छ ।आज पक्राउ नगरीएपनि अदालतबाटै अनुमति लिएर छिट्टै पक्राउ पर्ने प्रहरीले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6