Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोशी प्रदेशका केही ठाउँमा भारी वर्षा, देशका अरु भू—भागमा के होला ?

कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा, देशका अरु भू—भागमा के होला ?


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । महाखाशाका अनुसार आज दिउँसो अन्य प्रदेशका केही ठाउँमा आंशिक बदली भए पनि धेरै ठाउँमा मौसम सफा रहने भएको हो ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरको मौसमसम्बन्धी नियमित अपडेट गराउँदै विभागले बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। त्यस्तै देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै विभागले देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान पूर्वानुमान महाशाखाले गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6