Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसहकारी ठगीको अनुसन्धान : पोखराबाट बुटवल लगियो रवि लामिछानेलाई !

सहकारी ठगीको अनुसन्धान : पोखराबाट बुटवल लगियो रवि लामिछानेलाई !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथी भइरहेको सहकारीको बचत रकम हिनामिनाको अनुसन्धान अब पोखरासँगै बुटवलमा समेत एकैसाथ अघि बढेको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका निवर्तमान उपप्रधान एवम् गृहमन्त्री समेत रहनुभएका रास्वपा सभापति लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।

पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान हुँदैछ । सकेसम्म आजै बयान सक्ने तयारी भएपपनि पोखराबाट आउन ढिलाई भएपछि वयानको समय लम्बिने भएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने तयारी भएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारि दिनुभएको छ । रास्वपा सभापति रवि ल्याउदा बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन गर्दै राजनीतिक प्रतिशोधको विरोध गरेको छ । यता, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी पीडितहरुले समेत भैरहवामै प्रदर्शन थालेका छन् । सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरिरहेको बताउनुभएको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालिन प्रवन्धक समेत रहनुभएका रास्वपा सभापति लामिछाने, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले यसअघि नै प्रहरीलाई अनुमति दिइसकेको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

रास्वपा नेता, कार्यकर्ता, समर्थक र सुप्रिम सहकारीका पीडित बचतकर्ता भैरहवाकेन्द्रित भएर प्रदर्शनमा जुटेपछि स्थानीय प्रशासनले बुद्धचोक, लुम्बिनी गेट, जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी भएको छ । लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई यसअघि नै भैरहवा ल्याएर बयान लिइएपनि अहिले कास्की प्रहरीको हिरासतमा राखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6