Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधनगढी उपमहानगरपालिकाका मेयर हमाल थप उपचारका लागि भारतको नयाँ दिल्लीमा

धनगढी उपमहानगरपालिकाका मेयर हमाल थप उपचारका लागि भारतको नयाँ दिल्लीमा


काठमाडौं । कैलालीस्थित धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई थप उपचारको लागि भारतको नयाँ दिल्ली लगिएको छ । शुक्रबार मस्तिष्कको नसामा समस्या देखिएपछि माया मेट्रो अस्पतालको आईसीयूमा राखेर उपचार अघि बढाइएका मेयर हमाललाई थप उपचारका लागि दिल्ली रेफर गरिएको हो ।

माया मेट्रो अस्पतालको आईसीयूमा राखेर हमालको न्यूरो डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेको थियो । स्वास्थ्यमा सुधार नभएपछि शनिबार दिल्ली रेफर गरिएको अस्पतालले जानकारि गराएको छ । माया मेट्रो अस्पतालले उपचारमा सक्दो प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि दिल्ली रेफर गर्नुपरेको जनाएको छ । दिल्लीमा अहिले मेयर हमालको थप उपचार सुरु भएको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाका मेयर हमाललाई सवतन्त्र उम्मेदवारका रुपमा गएको स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँ कम बोल्ने आफ्नो स्थानीय तह र नगरवासीका पक्षमा बढी काम गर्ने मेयरका रुपमा लोकप्रिय हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार बन्नुपूर्व उहाँ विवेकशिल साझाको राजनीतिमा हुनुहुन्थ्यो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6