Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअनुसन्धानका क्रममा रवि वीरगञ्जमा, दुव्र्यवहार बारे मानवअधिकार आयोगले थाल्यो छानविन

अनुसन्धानका क्रममा रवि वीरगञ्जमा, दुव्र्यवहार बारे मानवअधिकार आयोगले थाल्यो छानविन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम ठगीमाथी अनुसन्धानका क्रममा वीरगञ्ज पुयाइएको छ । वीरगञ्जको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि उनीमाथि पक्राउ पूर्जी जारी भएर अनुसन्धान अघि बढाइएको हो ।

निवर्तमान उपप्रधान एवम् गृहमन्त्री रविलाई काठमाडौं हुँदै सिमरा बिमानस्थल र विमानस्थलबाट पर्सासम्म लैजाने क्रममा बिभिन्न स्थानमा समर्थकले प्रदर्शन गरेका थिए । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि पर्सा पुर्याइएको छ । सोमबार अपरान्ह लामिछानेलाई विमानबाट पोखरा हुँदै काठमाडौँ र काठमाडौँ हुँदै सिमरा बिमानस्थल पुर्याइएको हो । लामिछानेलाई सिमरा पुर्याउनुअघि नै बारा र पर्साका दर्जनौँ स्थानमा रास्वपा समर्थकले प्रदर्शन गरेका थिए । साथै समर्थकहरुले लामिछानेलाई राखिएको प्रहरीको गाडीलाई नै अवरोध गरेका थिए, यद्यपी प्रहरीले भिड छिचोलेर लामिछानेलाई पर्सा पुर्याएको थियो । प्रहरीले लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।

यता, रवि लामिछानेमाथि कारागारमा दुव्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिएको गुनासो र उजूरीमाथी आयोगले सोमबार नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । आयोगका सहसचिव डा. टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै काँस्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको जानकारि दिनुभएको छ । अनुसन्धानको क्रम जारी रहेको भन्दै पोखरेलले आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गरिने बताउनुभयो ।

लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी दिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही लगाएका ब्यक्तिहरुले पनि चितवनबाट पोखरा लैजादा रविमाथि गरिएको ब्यवहारले ब्यक्तिको नैसर्गिक अधिकार हनन भएको भन्दै बिरोध गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6