Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगैरआवासीय नेपाली नागरिकताको नियमावली छिट्टै ल्याउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता !

गैरआवासीय नेपाली नागरिकताको नियमावली छिट्टै ल्याउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता !


काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच साझा सहमति भएर प्रक्रिया अघि बढेको बताउनुभएको छ । संविधान र ऐन आएको लामो समयसम्म राजनीतिक अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकताको नियमावली आउन ढिलाइ भएको स्वीकार्दै परराष्ट्र मन्त्री देउवाले छिट्टै सार्वजनिक गर्नेगरि तयारीमा रहेको बताउनुभएको हो ।

बेल्जियमको लुभेनमा बुधबार जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री देउवाले अहिले प्रदान गरिंदै आएको गैरआवासीय नेपाली नागरिकताले संविधान प्रदत्त अधिकार व्यवहारमा उपभोग गर्ने वातावरण बनाउनेगरि नियमावली बनाइएको जानकारि दिनुभयो । एनआरएनएका बारेमा सर्वोच्च अदालतबाट आएका दुई निर्णयहरू नै एक आपसमा नमिलेको भन्दै तेस्रो पक्षको उजुरीमाथिको निर्णय सरकारले कुरिरहेको समेत जानकारि गराउनुभयो ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट धारणा राख्न परराष्ट्रमन्त्री देउवा नेदरल्यान्ड्सको हेग आउनुभएको थियो । राष्ट्रसंघको न्यायिक निकायका रूपमा रहेको यो न्यायालयले समसामयिक विवादास्पद मुद्दाको निरूपण र खास विषयमा परामर्श गर्न कार्यतालिकामा सोमबार परराष्ट्रमन्त्री राणाले आफ्नो धारणा राख्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6