Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनन्द गुरुङको भर्खरै बजारमा आएको पुस्तकमा के छ ? फेरि अर्को पुस्तकको तयारी

नन्द गुरुङको भर्खरै बजारमा आएको पुस्तकमा के छ ? फेरि अर्को पुस्तकको तयारी


ब्रिजबेन । तीन दशकदेखि समाजसेवा तथा सफल व्यवसायीका रुपमा अष्ट्रेलियामा क्रियाशील नन्द गुरुङको पुस्तक ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान : सफलताको उपाय (A Blueprint of Success)’ बजारमा आएको छ ।

गत आइतबार सिड्नीको ग्राण्ड प्यालेस फङ्सन सेन्टर, ओबर्नमा अष्ट्रेलियास्थित नेपालकी राजदूत चित्रलेखा यादव, न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्मा र बर्डलाइफ इन्टरनेशनल (एशिया) का वरिष्ठ साझेदारी प्रबन्धक डा. हुमबहादुर गुरुङले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । पुस्तकमा गुरुङ समूदायको हालको अवस्था, युवामा शिक्षित बन्ने भन्दा लाहुरे बन्ने होडले देशका नेतृत्वदायी क्षेत्रमा गुरुङ समूदायको न्यून उपस्थिति केलाईएको छ । शिक्षा आर्जन गर्ने समयमा लाहुरे भर्तिको तयारीको अवस्था केलाउदै यस्ता भर्ती रोकेर गुरुङ युवाहरुको शैक्षिक स्तर सुधार्नुपर्नेमा पुस्तकले जोड दिएको छ ।

गुरुङले छिट्टै नेपाल कसरी विकास गर्ने, प्रविधिमा कसरी ध्यान केन्द्रित गर्ने, सुशासन, शिक्षा, पर्यटन, सरकारी दक्षता,कानुनी प्रणाली सुधार , नातावाद अन्त्य, सबैका लागि समान अवसर कसरी भन्ने विषयवस्तु समेटेर “Stagnant Nepal V Dynamic Nepal” शिर्षकमा अर्को पुस्तक प्रकाशनको तयारी समेत गर्नुभएको छ ।

पुस्तक विमोचन कार्यक्रममा तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, समाजसेवी इन्द्रा वन नारायण प्रधान, एनजा सल्लाहकार तथा आईसीसीका पूर्व सदस्य डिल्लि ढकाल, डा. घनश्याम चापागाईं, साहित्यकार ममता तिवारी, नेपाली कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत, थारु समाज अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरी, र पत्रकार संघ (एन्जा) का अध्यक्ष कृष्ण तिवारीलगायतको उपस्थिती थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6