Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनयाँ इतिहासको सुरुवातसहित एनपीएल सिजन-२, यस्ता छन ८ टिम

नयाँ इतिहासको सुरुवातसहित एनपीएल सिजन-२, यस्ता छन ८ टिम


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने एनपीएल सिजन २ मा ३२ मध्ये २३ खेल डे—नाइट हुनेछन् जसलाई नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात भनिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्सले फ्लडलाइटमूनि काठमान्डु गोर्खाजसँग खेल्दैछ । क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे—नाइट म्याच खेल्दा दर्शकले सिटमा बसेर आनन्दसँग खेल हेर्न पाउनेछन् ।

नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा यस्ता छन् सहभागी ८ टिम

जनकपुर बोल्ट्स
पहिलो सिजन सुदुरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर च्याम्पियन बनेको थियो । जनकपुर बोल्ट्सले अहिले मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ ।
जनकपुरमा वेष्ट इन्डिजका शिवनराइन चन्द्रपल मुख्य प्रशिक्षक हुनुहुन्छ । जनकपुरमा आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापा छन् । पहिलो सिजनको जनकपुर च्याम्पियन बन्दा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्याण्डका अलराउण्ड जिम्मी निशम यस पटक टिममा हुनुहुन्न । अक्सनबाट मयन यादवसहित सचिन भट्ट, विकाश आग्री र आदित्य महता टिममा आउनुभएको छ । विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी इटन जनकपुरमा हुनुहुन्छ ।

सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमले प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा लगातार दोस्रो सिजन खेल्दैछ । राष्ट्रिय टिमका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँगै राष्ट्रिय टिमका अनुभव लिइसकेका खेलाडीहरू विनोद भण्डारी, अविनाश बोहरा, इशान पाण्डे यो टिममा हुनुहुन्छ । नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, सँगै अष्ट्रेलियन ब्याटर क्रिस लिन, जोश ब्राउनसँगै स्कट कुग्लेइन, हर्मीत सिंह सुदुरपश्चिमबाट खेल्दैहुनुहुन्छ ।

कर्णाली याक्स
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णालीमा सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश विक्रम ठकुरी मुख्य खेलाडीका रुपमा रहनुभएको छ । कर्णालीले अक्सनबाट अलराउण्डर पवन सर्राफ, स्पीनर युवराज खत्री, दिपक डुम्रे र इमरान शेखलाई टिममा समेटेको छ । गत सिजन राम्रो प्रदर्शन गरेका अष्ट्रेलिन खेलाडी विलियम बोसिस्टो पनि टिममा छन् । यस्तै विदेशी खेलाडी मार्क वाट, म्याक्स ओडाउड, नजिबुल्लाह जाद्रान, प्रियांक पान्चाल टिम कर्णालिमा हुनुहुन्छ ।

चितवन राइनोज
पहिलो सिजन टिममा रहेका कुशल मल्लसहित चितवनमा कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल समेटिनुभएको छ । यस्तै विदेशी खेलाडीमा रवि बोपारा, सोहेल तनभिर, डाविड मलान, सेफ अली जैब, अल्पेश रमजानीले टिम चितवनबाट खेल्नुहुनेछ ।

विराटनगर किङ्स
पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगर दोस्रो सिजनमा झनै बढी चर्चामा छ । मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले दोस्रो सिजनमा दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसीलाई टिममा समेटेको छ । गप्टिल समेत विराटनगरबाट खेल्नुहुनेछ । दक्षिण अफ्रिकाका फास्ट बलर मर्चेन्ट डे लाङ समेत टिममा हुनुहुन्छ । अष्ट्रेलियाका साम हिजलेट तथा अमेरिकन शुभम रन्जाने, स्कटल्यान्डका जर्ज मन्सेसहित टिम विराटनगरबाट सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, शर्वन किस्कु, शंकर राना, आयुष न्यौपाने, मैदान उत्रिनुहुनेछ ।

पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले दोस्रो सिजनमा टिमको लोगोसहित हरेक कुरामा ब्रान्डिङ गरिरहेको छ । पोखरामा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की खेलाडी हुनुहुन्छ । भुर्तेलसँगै दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खची, किरण ठगुन्ना र तृत राज दास पोखरामा हुनुहुन्छ । पोखराले युवा ब्याटर अर्जुन कुमाल,सन्दिप क्षेत्री, कृष्ण पौडेल र अभिषेक तिवारी टिममा समेटेको छ । पहिलो सिजन जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका जिम्मी नीशम अबपोखरा एभेन्जर्सको जर्सीमा देखिनुहुनेछ । पोखराले इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेइट जेसन रोयसँगै बार्बाडोसका रेमन रेइफर लाई टिममा समेटेको छ ।

लुम्बिनी लायन्स
रोहितको कप्तानीमा रहेको टोली लुम्बिनीमा सन्दिप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिषेश गौतम, तिलक राज भण्डारी र सुमित महर्जन रहनुभएको छ । पहिलो संस्करण खेलेका मिडियम पेसर दुर्गेश गुप्तासहित दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल टिममा हुनुहुन्छ । शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको लुम्बिनीले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ, भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक बनाएको छ । विदेशी खेलाडीमा अस्ट्रेलियाका ओपनर डार्शी शर्टसहित अफगानिस्तानका स्टार अलराउन्डर गुल्बादिन नाइब, इटालीका बलर थोमस ड्राका, नामिबियाका बलर रुबेन ट्रम्पलमन तथा अलराउन्डर जेजे स्मिथ टिममा रहनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6