Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsघोषित मितिमा चुनाव गराउन सरकार अघि बढ्यो : प्रधानमन्त्री कार्की

घोषित मितिमा चुनाव गराउन सरकार अघि बढ्यो : प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा जुटेको बताउनुभएको छ । बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले २१ फागुनमा आमनिर्वाचन सम्पन्न गरेर युवा शक्तिको हातमा सत्ता सुम्पिने बताउनुभएको हो ।

घोषित मितिमा चुनाव सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उहाँले अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्नुभयो । निर्वाचनपछिको सरकारले मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउने विश्वास उहाँको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनसँगै घटेका घटनाहरूबाट पाठ सिक्दै मुलुकको भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, आमजनतालाई रोजगारी, गाँसबास कपासको सुनिश्चितताको अभिभारा पुरा गर्नुपर्ने प्रधानमन्त्री कार्कीले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6