Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalओली–देउवा भेट, के भयो कुराकानी ?

ओली–देउवा भेट, के भयो कुराकानी ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार नेता द्वयले देउवा निवास महाराजगञ्जमा भेटवार्ता गरेका हुन ।

भदौ २३ र २४ गते भएको जेन जि आन्दोलनपछि ओली र देउवाबीच भेटवार्ता भएको थिएन। जेन जि आन्दोलन अघिसम्म एमाले र कांग्रेस मिलेर सरकार चलाएका थिए । जेन जि बिद्रोहको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणासहित तयारी तिब्र बनाएको छ । देश निर्वाचनमा होमिदैगर्दा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको बताइएको छ।

भदौ २४ गते नीजि निवास बूढानीलकण्ठमा सभापति देउवामाथि आक्रमण भएको थियो। देउवा दम्पति सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केको लामै समय भएपनि राजनीतिक भेटघाटमा देखिनुभएको थिएन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6