Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभिजिट भिसा सेटिङ प्रकरण :  अध्यागमनका तत्कालीन प्रमुखसहित यी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भिजिट भिसा सेटिङ प्रकरण :  अध्यागमनका तत्कालीन प्रमुखसहित यी ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन गृहमन्त्री लेखक समेत अख्तियारको अनुसन्धान घेरामा


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । भिजिट भिसाको नाममा गैरकानुनी ‘सेटिङ’ मिलाएर असुली धन्दा चलाएको भन्दै अख्तियारले मुद्दा अघि बढाएको हो ।

भट्टराईसहित तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल , ग्रिनलाइन होलिडेज प्रा.लि. का अध्यक्ष बालकृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेजका सञ्चालक/कर्मचारी राम खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै, अख्तियारको मुद्दामा भट्टराईकी गाउँले बहिनी कविता पौडैल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई मतियारको रूपमा प्रतिवादी बनाइएको छ । भट्टराईसँग मात्रै  विशेषमा ७९ लाख ८० हजार बिगो दाबी गरिएको मुद्दामा सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६ सय रूपैयाँ मागदाबी गरिएको छ । कविता र खेमप्रसादमाथी पनि सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको छ । मनी–लन्डरिङमा संलग्न तीनजनामाथि अलगै मुद्दा चलाइएको छ ।

अख्तियारले भट्टराईले भिजिट तथा पर्यटन भिसामा विदेश जाने यात्रुलाई दुःख दिई घुस असुल्ने जालो सञ्चालन गरेकाे दाबीसहित हिसाबकिताबको डायरी, कल डिटेल, बिचौलियासँगको नियमित भेटघाट, रेस्टुरेन्टमा पार्सलका रुपमा घुस रकम लिएका पर्याप्त प्रमाण संकलन गरेको जनाएको छ । भट्टराईको डायरीमा पुरुष यात्रु २० हजार र महिला यात्रुसँग ४० हजार भनेर घुसको हिसाब राखिएको विवरण अख्तियारले भेट्टाएको छ ।

भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी समेत अख्तियारले अनुसन्धान गरिरहेको छ । कविता पौडेलको नाममा रहेको मोबाइल सिम अध्यागमनका हाकिम भट्टराईले आफैँ प्रयोग गरी यात्रुको गोप्य सूचि आदानप्रदान गर्ने गरेको तथ्य पनि डिजिटल फरेन्सिकबाट पुष्टि भएको छ । लेनदेन बारेको बयान अनि विदेश पठाइएका केही यात्रु फिर्ता आएर अख्तियारमा उपस्थित भई दिएको बयान समेत प्रमाणका रुपमा समावेश गरिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6