Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएमाले अध्यक्ष ओलीसहितका नेताको दाबी, एमालेले नै देशको नेतृत्व गर्छ

एमाले अध्यक्ष ओलीसहितका नेताको दाबी, एमालेले नै देशको नेतृत्व गर्छ


काठमाडौं । जेनजी आन्दोलन दमनको आरोप लागेको सरकारको नेतृत्व गरेको एमाले र तत्कालीन प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले बिस्तारै राजनीतिक गतिविधि बढाएका छन् । पार्टीको एघारौं महाधिवेशनमा अध्यक्ष ओली र एमाले नेताहरुले दिएका अभिव्यक्तिले यसैको संकेत गर्छ ।

महाधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिदै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ ।’ ओलीकै जस्तो दाबी महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि गर्नुभएको छ ।

अझ राष्ट्र, राष्ट्रिय एकता, सार्वभौम सत्ताको रक्षक शक्ति एमाले हो भन्ने अनुमोदन सल्लाघारीबाट भएको एमाले अध्यक्ष ओलीले गर्नुभएको छ । संविधान र लोकतन्त्र जोगाउने एमालेको संकल्पलाई जनताले साथ दिने समेत उहाँले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6