Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई स्टार्टअप समिट उपाधि

नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीलाई स्टार्टअप समिट उपाधि


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता बनेका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ठकुरी तथा दिया शाक्यले स्टार्टअप समिट नेपालको उपाधि जित्नुभएको हो ।

सोमबार राजधानीमा आयोजित समारोहमा नगद ५० हजारसहित उपाधि दिइएको छ । उद्यमशीलता र नवप्रवर्तनको उपाधिसँगै कलेजका विद्यार्थीहरुले कुल ११ लाख कोष पुरस्कार पनि प्राप्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले युवाहरूको सिर्जनशीलतालाई राज्यले प्रोत्साहन गर्ने बताउनुभयो ।

समिटको निर्णायकहरुमा नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, खल्तीका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाल, एलेफ ग्रुपका पूर्व साझेदार निर्देशक कनिष्क दासगुप्ता रहनुभएको  थियो । Photo-NPL


ट्याग : ##AIBT #Australia #Nepali Student, #nepali student
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6