Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsडढेलो प्रभावित अष्ट्रेलियनलाई नेपालीले दिए २० हजार डलर सहयोग

डढेलो प्रभावित अष्ट्रेलियनलाई नेपालीले दिए २० हजार डलर सहयोग


सिड्नी
न्यु साउथ वेल्स राज्यका डढेलो प्रभावितका लागि अष्ट्रेलियामा बसोबास गर्ने नेपालीले २० हजार डलर सहयोग गरेका छन् ।
शुक्रबार एक कार्यक्रममा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) ले न्यु साउथ वेल्सको रुरल फायर सर्भिसलाई रकम हस्तान्तरण गरेको हो ।
गत नोभेम्बरमा एनआरएनएले ‘गो फन्ड मी’ नामक वेवसाईटबाट सहयोग उठाउन सुरु गरेको थियो । पहिलो दुई दिनमै १० हजार डलर संलकन भएको थियो ।
सहयोग ग्रहण गरेपछि रुरल फायर सर्भिसका कमिश्नर स्यान फिट्सीमोनसले नेपाली समुदायलाई धन्यवाद दिए । यो सहयोगबाट राज्यको दुई हजार फायर ब्रिगेडले लाभ लिनेछ ।
स्यानले भने –याे सहयोग अग्नि नियन्त्रणका लागि आवश्यक सामाग्री, तालिम र स्वयमसेवकको वृत्तिबिकासमा खर्च गर्नेछौ’

एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले भुकम्पका बेला अष्ट्रेलियनहरुले नेपालमा उल्लेख्य सहयोग गरेको स्मरण गर्दै यसपालीमा डढेलोको पिडामा यहाँको नेपाली समुदायले गुनको पैंचो तिरेको बताए ।
‘सन् २०१५ मा अष्ट्रेलियनले गरेको सहयोगका लागि हामीले हातेमालो गरेर धन्यवाद प्रकट गरेका हौ’- कँडेलले भने ।

गैरआवासिय नेपाली संघले सुरु गरेको अभियानमा ३ सय ६५जनाले सहयोग गरेका थिए ।

अन्य नेपाली संघसंस्था र समुहले पनि गो फन्डमी मार्फत सहयोग संकलन गरिरहेका छन् ।

नेपाल अष्ट्रेलियामा विद्यार्थी पढाउने तेस्रो ठुलो राष्ट्र हो । ढेड लाख नेपाली बसोबास गर्ने अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी पढिरहेका छन् ।
मेहनती र सहयोगीको रुपमा नेपालीहरु अष्ट्रेलियन समुदायमा चिनिएका छन् । अष्ट्रेलियाभरी नै डढेलोको महामारी चलिरहेका बेला नेपाली समुदायले बढाएको सहयोगी हातले यहाँ नेपालीको छवी थप उचोँ बनाउनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6