Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरोहित पौडेल एसपीजी अटोमोबाइल्सको नयाँ ब्राण्ड एम्बासडर,पाए एनपीएलमा जितेको कार

रोहित पौडेल एसपीजी अटोमोबाइल्सको नयाँ ब्राण्ड एम्बासडर,पाए एनपीएलमा जितेको कार


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सको नयाँ ब्राण्ड एम्बासडर बन्नु भएको छ । कम्पनीले आज एक कार्यक्रम गरेर यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान गर्दै पौडेललाई नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।

पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जितेको थियो । पूर्व घोषणा अनुसार नै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ ।

एनपीएल सिजन १ बाट कम्पनीले दीपेन्द्र सिंह ऐरीलाई ब्राण्ड एम्बासडर बनाएको थियोे । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6