Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरवि र बालेन्द्र सहमति नजिक नै हुन त ?

रवि र बालेन्द्र सहमति नजिक नै हुन त ?

भित्रभित्रै बालेनको अर्को समेत तयारी


काठमाडौं । विगत तीनदिनदेखी राजनीतिक भेटवार्तामा सक्रिय काठमाडौं महानगरका मेयर बालेन्द्र साह वैकल्पिक राजनीतिक शक्तिहरूको नयाँ हेडक्वाटर बन्नुभएको छ । आजै रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णायक भेटवार्ता हुने बताइएको छ ।

बालेन्द्र र रविबिचको निर्णायक वार्ता पूर्व आज सहमतिको खाका तयार पार्ने काममा लागिरहनुभएका कुमार बेन, असीम शाह र आसिफ शाहले रास्वपा सभापति लामिछानेसँग भेटवार्ता गर्नुभएको छ । वार्ताको वातावरण बनाउदै नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको मिलनविन्दु खोजिरहेका जेन जि अगुवाहरु आजै सकारात्मक निर्णय आउने पर्खाइमा छन् ।

बालेनले बिहिबार मन्त्री समेत रहनुभएका उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछाने, नेता शिशिर खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता पूर्व सांसद डा. सुनिल शर्मा, पूर्व सांसद अमरेस कुमार सिंह, हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनार, जेन जि अगुवा सुदन गुरुङ लगायतका नेता अभियन्तासँग भेटवार्ता गर्नुभएको थियो ।

भित्रभित्रै बालेनको अर्को समेत तयारी
रविसँगको वार्ता निष्कर्षमा नपुगेमा कांग्रेस एमालेलगायतका दलमा रहेका लोकप्रिय फेससहित सामाजिक सञ्जाल र जनताबीच परिचित अनुहारहरू समेटेर नयाँ राजनीतिक अभियानमा अघि बढ्ने रणनीतिमा बालेन्द्र शाह लाग्नुभएको छ । कांग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेश कुमार सिंहसँगै रास्वपा छाड्नुभएकी सुमना श्रेष्ठ, रास्वपा नेता गणेश कार्की, विवेकशील साझाका मिलन पाण्डेसँगै केही पपुलिस्ट फिगरसहित सबै समुदायभित्रका राम्रो उद्यम गरेका वा सामाजिक कामबाट स्थापित युवाहरूको सूची बनाउने क्रम जारी राखिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीसँग सहमति नजुटेमा देश विकास पार्टीबाट चुनाव लड्नेगरी समानुपातिकतर्फका उम्मेदवारको सूची समेत संकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6