Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सिड्नीमा जनवरी २ देखी ‘धर्म जागरण महासत्संग’ महोत्सव

अष्ट्रेलियाको सिड्नीमा जनवरी २ देखी ‘धर्म जागरण महासत्संग’ महोत्सव


काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा जनवरी २ तारिखबाट ‘धर्म जागरण महासत्संग’ धार्मिक–सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । सिड्नीस्थित ग्रान्ड प्यालेस रिसेप्सनमा आयोजना हुने धार्मिक महोत्सवमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका राधिका दासी जीको विशेष कथा प्रवचन रहनेछ।

जनवरी २, ३ र ४ तारिखमा तीन दिनसम्म सञ्चालन हुने धार्मिक–सांस्कृतिक महोत्सवको शुभारम्भ सनातन हिन्दू परम्परा र संस्कारलाई जीवन्त बनाउने कलश यात्राबाट गरिने आयोजकले जानएको छ । कलश यात्रा 45 Macquarie Rd, Auburn बाट बिहान ९:३० बजे सुरु हुनेछ।

कार्यक्रममा गुरु डा. भोलानाथ योगी, आचार्य राजन शर्मालगायत नेपाल तथा अष्ट्रेलियाका प्रतिष्ठित धार्मिक विद्वान, साधक तथा भजन–कीर्तन कलाकारहरूको सहभागिता रहनेछ। धार्मिक महोत्सवको प्रमुख उद्देश्य कथा प्रवचनसँगै भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति र धार्मिक संवादमार्फत सनातन हिन्दू धर्मको संरक्षण र वैदिक संस्कृतिको प्रवर्द्धन गर्नु रहेको योगी नरहरिनाथ वैदिक सनातन हिन्दू संस्कार प्रतिष्ठान तथा अष्ट्रेलिया फाउन्डेसनका अध्यक्ष नारायण शास्त्री पन्थीले जानकारि दिनुभएको छ ।

महासत्संग प्रवासी नेपाली तथा हिन्दू समुदायका लागि धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने एक महत्वपूर्ण अभियान भएको र यसलाई निरन्तरता दिने जनाइएको छ । प्रतिष्ठान र अष्ट्रेलिया फाउन्डेसनको संयुक्त आयोजनामा हुने महोत्सवले अष्ट्रेलियामा रहेका नेपाली, भारतीय तथा अन्य हिन्दू समुदायबीच धार्मिक एकता, सांस्कृतिक चेतना र आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6