Saturday, 10 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ सिड्नी घटनाः नेपालीमुलका श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ (विस्तृतमा)

सिड्नी घटनाः नेपालीमुलका श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ (विस्तृतमा)


सिड्नी
नेपालीमुलका युवकको हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।
एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने तयारी छ ।
यसअघि अदालतले उनलाई धरौटीमा छोड्न अस्विकार गरेको थियो ।

शनिवार साँझ सिड्नीको ग्रान्भिलमा नेपालीमुलका श्रीमान श्रीमतीको घर झगडा भएको थियो । झगडामा कुटाकुट हुदा युवक अचेत भएका थिए भने युवती घाइते भएकी थिईन् ।
घाईतेलाई साँझ साढे सात बजे पारामेडिक्सले अस्पताल पुर्याएका थिए ।
३४ वर्षे युवकको उपचारका क्रममा वेष्टमिड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते ३४ वर्षे युवतीलाई उपचारपछि ग्रान्भिल प्रहरी चौकी लगिएको छ ।
प्रहरीले यो घटनालाई घरेलुहिंसाको कोणबाट अनुसन्धान गरिरहको छ ।

मृतक युवा नेपालीमुलको रहेको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।

बुटवल स्थाई घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज संचालन गर्दै आएका थिए । युवक मिलानसार र सहयाेगी रहेकाे उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् । 
पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पति, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ ।

पछिल्लो समय अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ।
काम र पढाईको तनाव र कम उमेरमै बिवहा गरेर अष्ट्रेलिया आउदा घरेलु हिंसाले प्रसय पाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-10' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6