Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaयी हुन नेपालट्युब र Techskills को आईटी Scholarship पाउने ८ विद्यार्थी

यी हुन नेपालट्युब र Techskills को आईटी Scholarship पाउने ८ विद्यार्थी


काठमाडौं । नेपालट्युब र अष्ट्रेलियास्थित Techskills Institute को सहकार्यमा हुने १६ हप्ताको स्पेसल आईटी कोर्सको Scholarship का लागि ८ जना विद्यार्थी छनौट भएका छन् ।

नेपालमा आईटी पढिरहेका २ हजार बढी विद्यार्थीले आवेदन दिएकोमा ४ चरणको छनौट प्रक्रियाबाट ८ जना विद्यार्थी छानिएका हुन । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले ३३ सय अष्ट्रेलियन डलर खर्च लाग्ने  सिस्टम नेटवर्क सपोर्ट जवरेडी प्रोग्राम अन्तरगतको ४ महिने कोर्स अब बिना शुल्क पढ्न पाउनेछन् । काठमाडौंको धुम्बराहीमा जनवरी ४ बाट कक्षा सञ्चालन हुनेछ । छात्रवृत्तिमा समावेश विद्यार्थीले नेपालट्युब र Techskills Institute लाई धन्यवाद दिनुभएको छ ।

छात्रवृत्तिमा छानिएका ८ जना विद्यार्थीहरु : 

१,विवेक अधिकारी(झापा)

२,सोनिका रिजाल (झापा)

३,पुष्पा सुक्ला (सर्लाही)

४, प्राथना मिश्र (सर्लाही)

५, सोफिया तामाङ (नुवाकोट)

६, सिसम श्रेष्ठ (काभ्रेपलान्चोक)

७, रसम शाही (जुम्ला)

८, सुरेश शाही (हुम्ला)

यसअघि समेत नेपालट्युब र Techskills Institute ले सहकार्य गरेर अष्ट्रेलियामा आईटी पढिरहेका ९ जना विद्यार्थीलाई जवरेडी प्राेग्राम अन्तर्गत Scholarship दिइसकेका छन् । Techskills Institute मा कोर्ष गरेका २ हजार बढी आफ्नो क्षेत्रमा सफल भएका छन् । आईटी पढिरहेका विद्यार्थीको करिअर सुरक्षित गर्ने शैक्षिक अभियानसँगै नेपालट्युब र Techskills ले अरु सामाजिक काम समेत गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6