Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ समानुपातिक सूची बारे भ्रम फैलाइएको कुलमानको दाबी, रवि भन्छन– ‘गल्ती भए सच्याउछौँ’

समानुपातिक सूची बारे भ्रम फैलाइएको कुलमानको दाबी, रवि भन्छन– ‘गल्ती भए सच्याउछौँ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीका बारेमा आफूविरुद्ध भ्रम फैलाइएको बताउनुभएको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीसमेत रहेनुभएका घिसिङले सामाजिक संजालमा लेख्दै प्रतिनिधि सभा निर्वाचनका लागि बुझाइएको समानुपातिक तर्फका उम्मेदवारको सूचीमा आफ्ना भान्जा र ससुरा भनि गलत प्रचार गरिएकोमा आपत्ति जनाउनुभएको छ । बाहिर चर्चा गरिएजस्तो नातेदारलाई समानुपातिक उम्मेदवार नबनाइएको दाबी उहाँले गर्नुभएको छ ।

यता, रास्वपा सभापति रवि लामिछानेले कुनै नातावाद, पक्षधरता देखिएको भए फिर्ता बोलाएर समानुपातिक सूचि सच्याइने प्रतिबद्धता एउटा भिडियो शन्देस जारी गरेर गर्नुभएको छ । रास्वपाको राजनीतिलाई नातावाद र फाईदा लिने स्वार्थको खेती बन्न नदिने प्रतिबद्धता सभापति लामिछानेले गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6