Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalभोजपुरका किसानहरु सुन्तला खेतीमा आकर्षित, बेच्न भ्याइनभ्याई 

भोजपुरका किसानहरु सुन्तला खेतीमा आकर्षित, बेच्न भ्याइनभ्याई 


काठमाडौं । आम्दानीको भरपर्दो स्रोत बन्दै गएपछि भोजपुरका किसानहरु सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् । सुन्तलाको मुख्य सिजन भएकाले यतिबेला किसान सुन्तला बेच्न व्यस्त देखिएका छन् ।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ ।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्न थालेका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले विभिन्न जिल्लासम्म पुग्न थालेको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास  विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको बताउनुहुन्छ । ‘अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएको छु, हरेक वर्ष करिब चार देखि पाँच लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु ।’ मेयर उदासले बताउनुभयो ।

सडक पहुँचको कारण गाउँघरमा उत्पादित सुन्तला खाँदबारी संखुवासभा, धरान, इटहरी, विर्तामोड, विराटनगर लगायतका मुख्य शहर, बजारमा जाने गरेको छ । Photo-npl



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6