Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयसकारण बुझे प्रचण्ड र माधव नेपालले जाँचबुझ आयोगको पत्र र म्याद, बयान कहिले ?

यसकारण बुझे प्रचण्ड र माधव नेपालले जाँचबुझ आयोगको पत्र र म्याद, बयान कहिले ?

के गर्लान तत्कालिन प्रधानमन्त्री ओली ?


काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी घटनासँग सम्बन्धित जाँचबुझ आयोगको म्याद बुझेर बयान दिनुहुने भएको छ । आफ्नो धारणा राखिदिन आग्रह सहित जेन जी घटना जाँचबुझ आयोगले पठाएको पत्र र म्याद बुझ्न नमानेका दुबै नेताहरु सार्वजनिक सूचना प्रकाशित हुने चेतावनी दिइएपछि तयार भएका हुन ।

कांग्रेस सभापति देउवाले आफू २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर अन्यत्र बस्नु परेको, जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा नरहेको भन्दै बयान दिनुपर्ने कारण नभएको बताहुँदै आउनुभएको थियो । यता, संयोजक प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको अवस्थामा उल्टै आफ्नो घरमा आगजनी भएको सार्वजनिक अभिव्यक्तिसहित बयान दिन इन्कार गर्दै आउनुभएको थियो । पत्र बुझ्न अस्विकार गरेमा सार्वजनिक सञ्चारमाध्यमहरूबाट सार्वजनिक सूचना निकालिने र त्यसपछि पनि सहयोग नगरेमा त्यही व्यहोरा प्रतिवेदनमा समावेश हुने चेतावनी दिइएपछि पत्र बुझेको पाइएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत बयानका लागि जाँचबुझ आगोगमा जान इन्कार गर्दै आएको अवस्थामा लिखित जवाफ पठाउदा समेत हुनेगरि प्रचण्ड र माधवलाई सहुलियत दिन लागिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6