Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsपुर्व प्रेमीकाको अश्लिल भिडियो सार्वजनिक गर्ने धम्कि दिएपछि अष्ट्रेलियामा एक नेपाली पक्राउ

पुर्व प्रेमीकाको अश्लिल भिडियो सार्वजनिक गर्ने धम्कि दिएपछि अष्ट्रेलियामा एक नेपाली पक्राउ


एडिलेड

पुर्व प्रेमीकाले अर्कैसंग विहे गरेको रिसमा अन्तरंग फोटो र भिडियो सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवक नेपाली नै भएकाे स्वतन्त्र पुष्टी भने भएकाे छैन ।

साउथ अष्ट्रेलियाका नेपाली महाबाणिज्य दूत दीपक धमलाले आफुले खबर पाएपछि ती युवक बारे खाेजी गरिरहेकाे जानकारी दिए ।

‘उनी नयाँ विद्यार्थी हुनसक्छ’ -धमलाले भने-‘हामी पत्ता लगाउने प्रयासमा छाै’ ।

अष्ट्रेलियाको युनिभर्सिटि अफ साउथ अष्ट्रेलियामा अध्ययनरत २५ बर्षिय नेपाली युवकलाई पुर्व प्रेमिकासँगको अन्तरंग फोटो नेपालमा युवतिका आफन्तलाई पठाइदिने धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले वेलायतमा रहेकी आफ्नी पुर्व प्रेमिकाले अर्कैसँग विहे गरेको आवेगमा धम्की दिएका थिए । प्रहरीले आरोपित युवकलाई स्थानिय अदालतमा यौनदुव्र्यवहार गरेको मुद्धा लगाएको छ ।

स्थानिय समाचार संस्थाका अनुसार युवकले आफु विदेशी नागरिक भएकाले अष्ट्रेलियामा आफु विरुद्ध कुनै पनि मुद्धा लाग्न नसक्ने बताउँदै युवतिलाई धम्क्याउँदै आएका थिए । उनी हाल प्रहरीको हिरासतमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6