Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalयस्ता छन मन्त्रिपरिषद बैठकका ८ निर्णयहरु

यस्ता छन मन्त्रिपरिषद बैठकका ८ निर्णयहरु

इजरायलसँगको श्रम सम्झौतादेखी जेनजी सहिद परिवारलाई राहतसम्म !


काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले इजरायल सरकारसँगको श्रम सम्झौता र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गरेको छ । यो निर्णयले आकर्षक रोजगारीको गन्तब्य खुल्ने विश्वास गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद बैठकपछि श्रम सम्झौता, नयाँ समझदारीसहितका ८ महत्वपूर्ण निर्णय भएको जानकारि दिनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गरिएको छ ।

यी हुन कार्की सरकारले गरेका ८ निर्णयहरु :

१, जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय ।

२, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय ।

३, नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय ।

४, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय

५, समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय ।

६, पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय ।

७, वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय ।

८, नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6