Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमाघे सङ्क्रान्तिका लागि चाकु बनाउन व्यवसायी व्यस्त, यसरी बन्छ 

माघे सङ्क्रान्तिका लागि चाकु बनाउन व्यवसायी व्यस्त, यसरी बन्छ 


काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु बनाउन ललितपुरका व्यवसायी व्यस्त बनेका छन् ।

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यस वर्ष दोब्बरले बढेकोव्यवसायी बताउछन् । ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशी पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि दिनरात नभनि उत्पादन गर्नुपरेको बताउनुहुन्छ । उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमा  खाने परम्परागत परिकार हो।

चन्द्र पात्रोअनुसार दशौँ महिनाको पहिलो दिन पर्ने यस पर्वमा चाकु खाने परम्परा रहिआएको छ। चाकु खायो भने चिसो भाग्छ भन्ने विश्वासका कारण यतिबेला चाकुको माग बढी हुनेगर्छ । अन्य समयमा यतिबेला बनाउने चाकुको पाँच प्रतिशत चाकु पनि नबन्ने व्यवसायीहरु बताउँछन् ।

चाकु बनाउन खाँड (सख्खर ,खुदो) पगाल्ने, निरन्तर चलाउने, माटोका भाँडामा चिस्याउने र त्यसपछि पिट्ने, तान्ने तथा थपथपाउने काम गरिन्छ। यस प्रक्रियाले चाकुलाई गाढा रङ दिन्छ। अन्त्यमा तौल गरी नरिवल राखेर प्याक गरिने चाकु तयार हुन करिब दुईदेखि तीन घण्टा समय लाग्छ । माघे संङ्कान्ति

पर्व नजिकिँदै जाँदा पाटनका कारखाना, टोखा, सानोठिमी लगायतका क्षेत्रमा चाकु बनाउन भ्याईनभ्याइ बनेको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6