Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमन्त्री गुप्ताको अमेरिका भ्रमण बिवाद, यस्तो छ वास्तविकता

मन्त्री गुप्ताको अमेरिका भ्रमण बिवाद, यस्तो छ वास्तविकता

दुई एनआरएनए, दुईवटै विज्ञप्ति


काठमाडौं ।  सतेन्द्र शाह नेतृत्वको गैह्र आवासीय नेपाली संघ अमेरिकाले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमको निम्तो नदिएको प्रस्ट पारेको छ । एनआरएनए अमेरिकाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको समेत जानकारी गराएको हो ।

‘एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए अमेरिकाको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णय बिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्’, एनआरएनए अमेरिकाको विज्ञप्तिमा भनिएको छ । संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी कारबाहीको प्रक्रिया समेत अघिलबढ्नसक्ने चेतावनी समेत दिइएको छ ।

एनआरएनए अमेरिकाले सबैलाई अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य माध्यमहरूमा भर पर्न अनुरोध गरेको छ ।

अर्को समूह भन्छ-  “निम्तो कार्यक्रम आधिकारिक”

यता, विकास उप्रेती नेतृत्वको एनआरएनए अमेरिकाले भने डल्लास, टेक्सासमा हुने युथ कन्फ्रेन्समा मन्त्री गुप्तालाई निम्ता पठाएकोजनाएको दुईवटा एनआरएन एक भएको दाबी गरिदैगर्दा मन्त्री गुप्ताको अमेरिका निम्तोको विषयले एनआरएनए बिवादसँगै मन्त्रीलाईनै बद्नाम बनाएको

यसअघि मन्त्री गुप्ता जम्बो टोलिसहित फेक निमन्त्रणा पत्र मार्फत अमेरिका जान लागेको भन्दै समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6