Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअब देश चलाउन पुरानो मानसिकता बदल्नुपर्छ :  प्रधानमन्त्री कार्की

अब देश चलाउन पुरानो मानसिकता बदल्नुपर्छ :  प्रधानमन्त्री कार्की


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पुरानै पाराले देश नचल्ने भन्दै अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले बताउनुभएको छ ।

नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री अब हुने चुनाव सामान्य अवस्थाको नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव भएको बताउनुभएको हो । भदौ २३ र २४ गतेको जेन जि आन्दोलन स्मरण गदै उहाँले युवाको आकांक्षाअनुरुप आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसदमा पठाउन आग्रह गर्नुभयो । चुनावमा पैसाको खेल हुन नदिन समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार अन्त्य गर्ने हो भने त्यसको सुरुवात चुनावबाटै हुनुपर्ने धारणा राख्नुभयो ।

भेटका कर्ममा घेदुङले आउँदो माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम बारे जानकारी गराउदै प्रमुख अतिथिका रुपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6