Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleआदिवासी जनजाति महासङ्घको महाधिवेशन माघ ९ र १० गते विराटनगरमा

आदिवासी जनजाति महासङ्घको महाधिवेशन माघ ९ र १० गते विराटनगरमा


काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घको ११ औं महाधिवेशन माघ ९ र १० गते विराटनगरमा आयोजना हुँने भएको छ ।

महासङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गरेर ११ औं राष्ट्रिय महाधिवेशन  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष एवम् ११ औं राष्ट्रिय महाधिवेशनका मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले महाधिवेशनका लागि गठन भएको १२ वटा उपसमितिले अन्तिम तयारीको काम गरिरहेको जानकारी दिनुभयो । ‘प्राकृतिक श्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङकन गर’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना हुँदैछ ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजातिमध्ये महासङ्घमा ५६ समुदाय र १२ वटा सङ्गठनहरु रहेका छन् । विदेशस्थित २५ वटा देशहरुमा महासङ्घका प्रवास संगठन र सात वटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद् र पाँच हजारभन्दा बढी स्थानीय पालिका र वडा समन्वय परिषद्हरु क्रियाशील छन् । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6