Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालसहित विदेशमा रहेका तामाङ समूदायले मनाए सोनाम ल्होछार

नेपालसहित विदेशमा रहेका तामाङ समूदायले मनाए सोनाम ल्होछार


काठमाडौं  । आज सोनाम अर्थात ग्याल्बो ल्होसार, तामाङ  समुदायले नयाँ वर्षको रुपमा मनाएका छन् ।

काठमाडौंको टुडिखेलमा तामाङ समुदायले परम्परागत रितिरिवाज, सांस्कृतिक महत्त्वका झाकी, जातीय पहिरनसहित ल्होछार मनाएका हुन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरेर वर्ष फेरिनेदिन अर्थात नयाँ वर्षका रुपमा मनाइन्छ । सर्प वर्गलाई विदाई गरेर यो वर्ष  घोडा वर्गलाई स्वागत गरिएको छ ।

तामाङ समूदायले अष्ट्रेलिया, अमेरिका, युके लगायतका देशमा समेत ल्होछार मनाएका छन् । उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा सोनाम ल्होछारलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6