पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट दिएको उम्मेदवारी फिर्ता लिनुभएको छ ।
डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । फेसबुक लाइभमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा उहाँले गर्नुभएको हो ।
गोरखा २ का जनता, नयाँ पुराना राजनीतिक दलको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उहाँले बताउनुभयो । संसद् बाहिर रहेर जनताको आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता डा. भट्टराईले गर्नुभएको छ ।















तपाईको प्रतिक्रिया