फागुन १ बाट प्रहरी कर्मचारीको राशन स्केल वृद्धि हुने
थपियो कुखुराको मासु, अण्डा र बिस्कुट
काठमाडौं । नेपाल प्रहरीले पाउदै आएको राशन स्केल वृद्धि हुने भएको छ । अब फागुन १ बाट प्रहरी कर्मचारीहरूले रासनमा १९ वस्तुहरू पाउनेछन् ।
गत माघ १४ को मन्त्रिपरिषद् बैठकले प्रहरीको राशन स्केल १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यो निर्णय फागुन १ गतेदेखि लागू हुँदा ७९ हजार ५४१ प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् ।
राशन स्केल वृद्धि भएर प्रहरी कर्मचारीहरूले १९ वस्तुहरू पाउदा कुखुराको मासु, अण्डा र बिस्कुट थपिएका छन्।















तपाईको प्रतिक्रिया