Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकांग्रेसले आज जनकपुरधामबाट चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै

कांग्रेसले आज जनकपुरधामबाट चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै


काठमाडौं । नेपाली कांग्रेसले आज फागुन २१ को निर्वाचनलाई लक्षित गरेर तयार पारेको चुनावी प्रतिज्ञापत्र जनकपुरधामबाट सार्वजनिक गर्दैछ ।

कांग्रेसले मधेशकेन्द्रित आम सभा आयोजना गरेर आज चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो । कांग्रेस मधेश प्रदेश सभापति समेत रहनुभएका मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कम्तीमा एक लाख जनसहभागिता हुनेगरि कार्यक्रमको व्यवस्थापन गरिएको जानकारि दिनुभएको छ । सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेतृत्वको उपस्थिति रहनेछ ।

कांग्रेस केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ । कांग्रेसले घोषणापत्रमा मधेशको समग्र आर्थिक–सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधार, सडक तथा अन्य संरचना निर्माण, लगानीमैत्री वातावरण र सुशासन जस्ता विषय घोषणा पत्रका मुख्य एजेन्डा बनाइएको बताइएको छ ।

कांग्रेसको सभास्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । बाहिरी जिल्लाबाट आउने सहभागीका लागि यातायात तथा अन्य व्यवस्थापन समेत गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6