Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleधादिङ बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १८ पुग्यो

धादिङ बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १८ पुग्यो


काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

उपचाररत २७ घाइतेमध्ये एक जनाको काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको हो । अहिले पनि अधिकांश घाइतेको ट्रमामै उपचार भइरहेको छ । घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल ल्याइएको थियो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनामा परेको थियो । रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6