निर्वाचनमा चीन सरकारको ४० लाख अमेरिकी डलर सहयोग
काठमाडौं । चीन सरकारले फागुन २१ को निर्वाचनका लागि ४० लाख अमेरिकी डलर रकम सहयोग गर्ने भएको छ ।
मंगलबारको मन्त्रीपरिषद् बैठकले अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभएको हो । मन्त्रिपरिषद्ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण समेत गरेको छ ।















तपाईको प्रतिक्रिया