Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ रास्वपा सभापति रविको भेरिफाइड फेसबुक पेज बन्द

रास्वपा सभापति रविको भेरिफाइड फेसबुक पेज बन्द

पोष्टहरु आए आधिकारिक नमान्न सचिवालयको आग्रह


काठमाडौं। रास्वपा सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज बन्द गरिएको छ ।

लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको र यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने, आएमा आधिकारिक नहुने जानकारी गराएको हो । रास्वपा सभापति लामिछानेको आधिकारिक फेसबुक पेजमा बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेपछि मेटाद्वारा ‘लक’ गरिएको बताइएको छ ।

पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म बन्द गरिएको सचिवालयले जनाएको छ । फेसबुकको सुरक्षा प्रक्रिया अनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6