Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

नेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

युएईमा अलपत्र नेपालीका लागि विशेष उद्धार पोर्टल


काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको छ।

टिममा परराष्ट्र, गृह, अर्थ, कानुन, श्रम, नागरिक उड्डयन लगायतका मन्त्रालय र सम्बन्धित निकायका प्रतिनिधि रहनेछन्। मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत टिमको गठन र उद्देश्य बारे जानकारी दिएको हो । यता, अबुधाबीस्थित नेपाली राजदूतावासले युएईमा अलपत्र परेका नेपाली नागरिकहरूको सुरक्षाका लागि विशेष उद्धार पोर्टल मार्च ३ देखि सञ्चालनमा ल्याएको छ। यस पोर्टलमार्फत राजदुतावासले युएईमा अलपत्र परेका, भिसा रद्द भएका, वा नेपाल फर्किन टिकट काटिसकेका नेपालीहरुलाइ आफ्नो विवरण अपडेट गर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ।

फेब्रुअरी २८ पछि ओभरस्टे भएका नागरिकहरूलाई जरिवाना नलाग्ने समेत बिज्ञप्तीमार्फत जानकारी गराईएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6