Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचन अपडेट : रास्वपाले १०० कटाउदा कांग्रेस-एमाले कति ? 

निर्वाचन अपडेट : रास्वपाले १०० कटाउदा कांग्रेस-एमाले कति ? 


काठमाडौं । पछिल्लो मतगणनाको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १०२ स्थानमा जित हात पारेको छ ।

रास्वपाले मत गणना जारी रहेका २३ स्थानमा अग्रता कायम राखेको छ । कांग्रेसले १५ स्थानमा जित हात पार्दा १ स्थानमा अग्रता रहेको छ । एमालेले ७ जितसहित ४ स्थानमा अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीले ६ जितसहित २ स्थानमा अग्रता लिएको छ ।

यता, राप्रपाले १ जित, स्वतन्त्र रुपमा महावीर पुनले जित्नुभएको छ । हर्क साम्पाङको श्रमसंस्कृति पाटीले १ जितसहित २ स्थानमा जित उन्मुख अग्रता कायम राखेको छ ।

समानुपातिकमा समेत रास्वपाको छलाङ 

समानुपातिक मतगणनामा समेत रास्वपाले अहिलेसम्म १२ लाख मत कटाइसकेको छ । कांग्रेसले ४ लाख बढी,एमालेले ३ लाख, नेकपाले १ लाख ३४ हजार कटाउदा राप्रपा र श्रमसंस्कृती थ्रेसहोल्ड कटाउने दौडमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6