Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalचैत १३ बाट बालेन सरकार,१८ सदस्यीय मन्त्रिमण्डल !

चैत १३ बाट बालेन सरकार,१८ सदस्यीय मन्त्रिमण्डल !

सर्वसम्मत संसदीय दलको नेता


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेता सरकार गठनको छलफलमा छन्।

निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुट्नुभएको हो । फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सीट जितेको छ। जुन करिब दुई तिहाइ हो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेकाले संसदीय दलको नेताहुँदै प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ ।

१८ सदस्यीय मन्त्रिपरिषद बनाउने तयार

रास्वपाले मन्त्रालयको संख्या घटाएर १८ सदस्यीय मन्त्रिपरिषद गठनको गृहकार्य गरिरहेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले चैत १३ गते सर्वसम्मत संसदीय दलको नेतासँगै प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने, प्रधानमन्त्रीसँगै सबै मन्त्रीले  शपथ ग्रहण गर्ने गरि आन्तरिक तयारी भइरहेको बताउनुभयो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6