Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाका डढेलाे प्रभावितका लागि सन्दिप लामिछानेकाे टिसर्ट लिलाममा

अष्ट्रेलियाका डढेलाे प्रभावितका लागि सन्दिप लामिछानेकाे टिसर्ट लिलाममा


मेलबर्न
मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि प्रभावितलाई सहयोग गर्न नेपाली बलर सन्दिप लामिछानेको क्रिकेट टिसर्ट लिलामीमा राखेको छ ।

अष्ट्रेलियामा जारी बिग व्यास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टार्सको टिमले सिड्नीमा सिड्नी थन्डर विरुद्ध खेलेको थियो । स्टार्सका अनुसार सोहि दिन मैदानमा उत्रिएका खेलाडिले लगाएको टिसर्ट च्यारिटि अक्सनमा राखिएको हो । टिसर्टमा हरेक खेलाडीले आफ्नो हस्ताक्षर गर्नेछन् । त्यस्तै टिमका सबै सदस्यले हस्ताक्षर गरेको टिसर्टपनि अक्सनमा राख्ने मेलबर्न स्टार्सले उल्लेख गरेको छ ।

यो समाचार तयार पार्दा सम्म सन्दिपको टिसर्टमा २२ जनाले खरिद गर्न इच्छा देखाएका छन् । बोलकबोलका क्रममा टिसर्टको मुल्य ७ सय १० डलर पुगेको छ भने जनवरी ११ सम्ममा सबै भन्दा बढी बोलकबोल गर्नेले उनको टिसर्ट खरिद गर्नेछन् ।
त्यस्तै, सन्दिप लामिछानेले जनवरी ८ मा सिड्नी थन्डरविरुद्ध मैदानमा उत्रिने क्रममा आफ्नो जुत्ताको एकातिर ‘भिजिट नेपाल २०२०’ लेखेर नेपालको प्रचार गरेका छन् भने ‘बुसफायर हिरोज’ अर्कोतिर लेखेर अष्ट्रेलियामा जारी आगलागि पिडित प्रति सहानुभुति प्रकट गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6