सडकमा ओर्लिए कन्सल्टेन्सीवाला- सरकारलाई तालाचाबी बुझाउने तयारी
सरकारले ल्याएको नयाँ शैक्षिक परामर्श सेवा नियमावलीको विरोध कन्सल्टेन्सी व्यवसायीहरूले प्रदर्शन गरेका छन्।
शुक्रबार बाघबजारमा व्यवसायीहरूले नियमावलीका केही व्यवस्था अव्यावहारिक भएको हुँदा प्रदर्शन गरेको बताएका छन्।
यदी उक्त नियमावली लागू गरे व्यवसायीहरूले कन्सल्टेन्सीको ताल्चाचाबी नै सरकारलाई बुझाउनेबताएका छन्। त्यसो हुँदा विद्यार्थी पनि प्रभावित हुने उनीहरूको भनाइ छ।
यस्तै, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) लगायतका संस्थाले नियमावली संशोधन गर्न सरकारसँग माग गरेको थियो। माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छ।
सरकारले भने नियमावली विद्यार्थीको हित र शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित बनाउन ल्याइएको जनाएको छ।
ट्याग : ##consultancy, ##nepal #nepaltube













तपाईको प्रतिक्रिया