Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsकर फिर्ता योजनाको दुरुपयोग गरेको आरोपमा विद्यार्थी पक्राउ

कर फिर्ता योजनाको दुरुपयोग गरेको आरोपमा विद्यार्थी पक्राउ


सिड्नीमा पक्राउ परेका नेपाली विद्यार्थीको घरबाट झन्डै ३० करोड रुपैयाँ नगद, नक्कली महँगा घडी र पैसा गन्ने मेसिन बरामद भएको छ। प्रहरीले उनीमाथि अष्ट्रेलियाको टुरिस्ट रिफन्ड स्किम (TRS) को दुरुपयोग गरी गैरकानुनी रूपमा जीएसटी फिर्ता लिएको आरोपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार २८ वर्षीय ती विद्यार्थीले महँगा घडी खरिद गरी चीन लैजाने, सिड्नी विमानस्थलबाट जीएसटी फिर्ता लिने र त्यसपछि चीनमा बिक्री गर्ने गरेको आरोप छ। अनुसन्धानका क्रममा उनले यही योजनाअनुसार २२ पटक चीन यात्रा गरेको खुलेको छ।

छापामार कारबाहीका क्रममा प्रहरीले करिब ३.४ मिलियन अष्ट्रेलियन डलर (झन्डै ३० करोड नेपाली रुपैयाँ) नगद, नक्कली ब्रान्डेड महँगा घडी, पैसा गन्ने मेसिन तथा अन्य विलासी सामग्री बरामद गरेको जनाएको छ।

प्रहरीले उनी महँगा घडी खरिद गरेकै कारण पक्राउ नपरेको स्पष्ट पारेको छ। विदेशी पर्यटकलाई लक्षित कर फिर्ता योजनाको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो। अष्ट्रेलियाको कानुनअनुसार आरोप पुष्टि भएमा उनलाई अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6