Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews‘ब्लड क्यान्सर’ भएका युवकको उपचारका लागि जुटे अष्ट्रेलियाका नेपाली ।

‘ब्लड क्यान्सर’ भएका युवकको उपचारका लागि जुटे अष्ट्रेलियाका नेपाली ।


सरल गुरुङ/व्रिजवेन
ब्लड क्यान्सरबाट पीडित नेपाली युवकका लागि उपचार खर्च जुटाउन अष्ट्रेलियाका नेपालीको सक्रियता बढ्न थालेको छ ।
ब्रिजवेनको नेपाली समाजमा सक्रिय नेपाली युवक अर्जुन तिमल्सिनालाई एक साता अघि ब्लड क्यान्सर भएको पत्ता लागेको हो । युवकले सहयोगको याचना गरेपछि व्रिजवेनमा सक्रिय नेपाली संघसंस्थाहरुले सहयोग संकलन गर्न हातेमालो गरेका छन् ।
गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड, कास्की समाज र नेपाली समुदायका अगुवाहरुले पाच दिन अघि नै अस्पताल पुगेर सहयोग संकलन बारे योजना बनाएको हो । उनीहरुकै योजना बमोजिम कुइन्सल्याण्डमा सक्रिय नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा सहयोग संकलन सुरु गरेका हुन् ।
सहयोग संकलनका लागि गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड, कास्की समाज अष्ट्रेलिया, नेपलिज एशोसियसन अफ कुइन्सल्याण्ड(एनएक्यु), कुइन्सल्याण्ड नेपलिज कम्युनिटी सेन्टर (क्युएनसिसि) र विभिन्न युवा क्लबहरु एकजुट भएका हुन् ।
आइतबार दिउसो समाजका प्रतिनिधीहरुले व्रिजवेनस्थित मेटर अस्पतालमा पुगेर बिरामी अर्जुनलाई सहयोग संकलन बारे जानकारी गराएको हो । भेटका क्रममा सहभागीहरुले सारा नेपाली एकजुट भएकाले हिम्मत नहार्न हौसला दिएका थिए ।

उनीहरुले अर्जुन तिमल्सिनाको नाममा गो फन्ड मि नामक वेवसाइटबाट सहयोग संकलन सुरु गरेका छन् । यो समाचार तयार पार्दा सम्म १८ हजार डलर संकलन भइसकेको छ ।

गो फन्ड मिबाट सहयोग गर्ने यो लिंक थिच्नुहोस् ।

‘यस्तो दुख जो कसैलाई पर्न सक्छ’- एनआरएनएका उपाध्यक्ष उमेश खड्काले भने -‘त्यसैले समाजका सबै संघसंस्थालाई एकजुट बनाएर सहयोग संकलन गर्न थालिएको हो । यसो गर्दा सहयोग प्रभावकारी ढंगले अघि बढ्छ ।’ व्रिजवेन र अन्य राज्यका नेपाली संघसंस्थाहरुसंग पनि सहयोगका लागि हातेमालो गर्ने योजना रहेको खड्काको भनाई छ ।

ब्लड क्यान्सरको उपचार लामो समय गर्नुपर्ने र खर्चिलो पनि भएकाले समाजका सबै वर्ग र संघसंस्था एकजुट हुनुपरेको कास्की समाजका अध्यक्ष टिका भुर्तेलले बताए । ‘यतिबेला हामीले अर्जुनको ज्यान बचाउनु छ’- भुर्तेलले भने -‘यतिबेला कसले नेतृत्व लिने भन्दा पनि कसरी ज्यान जोगाउन सकिन्छ भन्ने महत्वपुर्ण भएकाले हामी सबै एकै ठाउमा आएका हौ ।’

क्यान्सरबाट पीडित अर्जुनले अस्पतालको शैयाबाट बोल्दै सहयोग रकम सामाजिक संस्थाले सामुहिक रुपमा संचालन गरेका गो फन्ड मिको एकाउन्टबाट मात्र संकलन गरिदिन सबैमा आग्रह गरेका छन् । आफ्नो बारे समाचार आएपछि धेरैले सहयोगको प्रतिवद्धता जनाएका छन् । तर, धेरैतिरबाट सहयोग उठाउदा पछि हिसाब कितावमा समस्या पर्न सक्ने भन्दै अर्जुनले आधिकारिक गो फन्डमीमा गएर सहयोग गरिदिन सबैमा आग्रह गरेका हुन् ।

पोखरा स्थाई घर भएका अर्जुन अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका छन् । ३० वर्षिय तिमल्सिना श्रीमतिलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् । अचानक क्यान्सर देखिएपछि भर्खरै पढाई सकेर संघर्ष गरिरहेका दम्पत्ति रुनुकी हास्नुको स्थितीमा पुगेका छन् ।
अझ विडम्वना, क्यान्सर देखिएकै हप्ता यो दम्पतिले नवजात शिशुलाइ जन्म दिएका थिए । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडापखालाले सताएको थियो । केही दिनसम्म पनि पखाला निको नभएपछि रगत परिक्षण गर्दा क्यान्सर भएको पुष्टी भएको हो । तिमल्सिनालाई किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको छ । बोन म्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया आईपुगेका छन् । बोन म्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनले बताए ।

अष्ट्रेलियामा नेपाली युवकलाई ‘ब्लड क्यान्सर’ । यसरी बचाउन सकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6